अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप
शुक्रबार, चैत १७, द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ।
- युखबर काठमाण्डौं / शुक्रबार, चैत १७, २०७९ ०७:३०
- युखबर काठमाण्डौं / शुक्रबार, चैत १७, २०७९ ०७:३०
शुक्रबार, चैत १७, द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ।
एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए।
क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ।
द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ।
एफएसबीले भनेको छ, उसले गैरकानुनी गतिविधिलाई रोक लगाइदिएको छ। ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका थिए र राज्यका गोप्य सूचना सङ्कलन गरिरहेका थिए।
केही घण्टापछि गुप्तचर सेवाले उनलाई मस्कोको लिफोर्टोभो जिल्ला अदालतमा लगएर औपचारिक रूपमा नै गिरफ्तार गरेको थियो।
उनलाई अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ।
उनका वकिलले आफूलाई अदालतको कक्षभित्र प्रवेश नदिइएको जनाएका छन्।
तास समाचार संस्थाले ती पत्रकारले आरोप अस्वीकार गरेको जनाएको छ।
उक्त अदालतमा त्यसअघि बमको जोखिम रहेको भन्दै आगन्तुक र कर्मचारीलाई बाहिर पठाइएको रुसको रीआ सरकारी न्यूज एजेन्सीले जनाएको छ।
एफएसबीले एउटा विज्ञप्तिमा एभन गोस्कर्भीचसँग मस्कोभन्दा १,८०० किलोमिटर पूर्वमा काम गर्दै गर्दा विदेश मन्त्रालयको अनुमतिपत्र रहेको जनाएको छ।
द वाल स्ट्रीट जर्नलको यसै साता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ।
तर एफएसबीले उनले ‘अमेरिकी इशारामा काम गरिरहेको’ र ‘रुसको रक्षा उद्योगका बारेका राज्यका गोप्य गतिविधिबारे सूचना सङकलन गरेको’ जनाइएको छ।
उसले एउटा फौजदारी जासुसी मुद्दा समेत अघि बढाइएको बताएको छ।
श्रोत बिबिसी