नेपालले मलेसियालाई ६ विकेटले हरायो
एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा मलेसियालाई नेपालले ६ विकेटले हराएको छ ।
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८० १6:२९
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८० १6:२९
बैशाख ५, २०८० - एसीसी प्रिमियर कप क्रिकेटको उद्घाटन खेलमा मलेसियालाई नेपालले ६ विकेटले हराएको छ ।
आज दिउसो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको हो । नेपालले मलेशियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६. २ ओभरमा ४ विकेट गुमाएर ( ८४ बल बाकी हुँदै) पुरा गर्यो । नेपालका लागी आशिप शेखले १, कप्तान रोहित पौडेलले ४२, कुशल मल्लले ७० र भिम सार्किले ७१ , दीपेन्द्र ऐरिले ५ रन को योगदान गरे ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३-३ ,ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।
मलेसियाका लागी अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाए ।